कोरोना हिरो राजेश र अरुण कारोना नेगेटिभ

कोरोनाबाट धुलिखेल अस्पतालमा मृत्यु भएकी नेपालकी पहिलो महिला सुत्केरीको लास दाहसंस्कारमा लागेका दुई जना कोरोना हिरो युवा कोरोना परीक्षणमा नेगेटिभ आएपछि सोमबार आइसोलेसनबाट बाहिरिएका छन्। भक्तपुरका स्काउट लिडर दुई कोरोना हिरो युवा राजेश गाइजू र अरुण सैंजू आइसोलेसनबाट बाहिरिएका हुन्।  

दाहसंस्कार सकेपछि उनीहरू सात दिनदेखि भक्तपुरको सूर्यविनायकस्थित सेनाको वीर दल गणको आइसोलेसनमा थिए। दुवैको कोरोना नेगेटिभ आएपछि आफूहरू दुवै जना आइसोलेसनबाट सोमबार बाहिरिएको अरुण सैंजुले जानकारी दिए।  

कोरोना परीक्षण गरेर नतिजा नआएसम्म उक्त आइसोलेसनमा राखिने प्रावधानअनुसार नै वीर दल गणले निर्माण गरेको आइसोलेसनमा थिए। महिलाको शव व्यवस्थापन गर्दा उनीहरूमा पनि संक्रमण हुनसक्ने भएकाले आइसोलेसनमा राखिएको थियो ’।

आइसोलेसनमा राखिनुअघि उनीहरूले प्रयोग गरेको पिपिईलगायत भक्तपुरको सल्लाघारीस्थित ९९ रोपनीमा आगो लगाएर नष्ट गरिएको थियो। त्यस्तै, महिलाको शव बोक्न प्रयोग गरेको कोरोना विशेष एम्बुलेन्स समेत निसंक्रमण (डिस्इन्फेक्सन) गरेपछि सल्लाघारीको ९९ रोपनीमै आइसोलेट गरिएको थियो।

भक्तपुर स्काउटका स्वयंसेवी युवा सैंजु र गाइजूसहित चार जना युवाले सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न लकडाउन घोषणा गरेदेखि भक्तपुर अस्पतालमा बसेर स्वयंसेवी भएर कार्य गर्दै आएका छन्। सैंजू र गाइजूसँगै न्हुज किजू र पुनम कर्माचार्यले भक्तपुर अस्पतालमा क्याम्प नै खडा गरेर स्वयंसेवा दिँदै आएका छन्। आरएनए १६ नामक संस्थामा आबद्ध उनीहरूले कोरोना भाइरस संक्रमणको जस्तै लक्षण आएका बिरामीहरू लिन जाने, उपचारपछि पु¥याउन जाने तथा अस्पतालको फिभर क्लिनिकमा सहयोग पु-याउँदै आएका छन्। बाहिरिएपछि उनीहरू दुवै जना फेरि त्यही स्वयम्सेवाका लागि भक्तपुर अस्पतालमा रहेको क्याम्पमा पुगेका छन्। आजकाे नागरिक दैनिकमा समाचार छ ।





  • प्रकाशित मिति : जेठ १३, २०७७ मंगलबार ७:३४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया