कोरोनाभाइरसः ब्राजिलमा एक दिनमा अमेरिकाको भन्दा धेरै मृत्यु

ल्याटिन अमेरिकी देश ब्राजिल अब कोरोनाभाइरस संक्रमित धेरै भएका देशहरुको सूचीको दोस्रो नम्बरमा आइसकेको छ । त्यहाँ दैनिक हुने मृत्यु पनि बढ्दै गएको छ । 

पहिलो पटक अब ब्राजिलमा एक दिनमा हुने मृत्यु अमेरिकाको भन्दा धेरै भएको छ । पछिल्लो २४ घन्टामा कोरोनाका कारण ब्राजिलमा ८०७ जनाको निधन भयो । अमेरिकामा यो संख्या ६ सय २० रह्यो ।

ब्राजिलमा कोरोनाभाइरस संक्रमित बढ्दै गए पनि ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले लकडाउन लगाएका छैनन् ।





  • प्रकाशित मिति : जेठ १३, २०७७ मंगलबार ८:८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया