कोरोनाभाइरसः अमेरिकामा मृतक संख्या १ लाख नजिक

कोभिड १९ का कारण भइरहेका मृत्युमा अमेरिकामा थप ५ सय ३२ थपिएको छ । यो पछिल्लो २४ घन्टाको तथ्यांक हो । जोन्स हप्किङ्स विश्वविद्यालयका अनुसार अब अमेरिकामा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ९८ हजार २ सय १८ पुगेको छ ।

तर, अमेरिकामा पछिल्लो केही दिन मृत्यु हुनेको संख्या घटिरहेको छ ।

विश्वमा कोरोनाभाइरस संक्रमित सबैभन्दा धेरै भएको देश अमेरिका हो । अहिलेसम्म कोरोनाका कारण सबैभन्दा बढी मृत्यु पनि अमेरिकामा नै भएको छ ।





  • प्रकाशित मिति : जेठ १३, २०७७ मंगलबार ८:१३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया