भारतमा आज पनि भेटिए ६ हजारभन्दा धेरै कोरोना संक्रमित

भारतमा पछिल्ला केही दिन यता दैनिक कोरोनाभाइरस संक्रमित ६ हजारभन्दा बढी भेटिएका छन् । पछिल्लो २४ घन्टामा पनि भारतमा ६ हजार ५ सय ३५ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् । योसँगै अब भारतमा १ लाख ४५ हजार ३ सय ८० जना कोरोनाभाइरस संक्रमित पुगेका छन् । 

यीमध्ये अहिले पनि ८० हजारभन्दा धेरै सक्रिय केस रहेको बताइएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा ६० हजारभन्दा बढी मानिसले कोरोना जितिसकेका छन् । अनि कोभिड १९ का कारण ४ हजार १ सय ६७ जनाले ज्यान गुमाएका छन् ।

भारतमा सबैभन्दा प्रभावित राज्य महाराष्ट्रको स्थिति सबैभन्दा खराब छ । त्यहाँ मात्र ५२ हजारभन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिएका छन् । १६९५ जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : जेठ १३, २०७७ मंगलबार ११:४६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया