कपिलवस्तुमा थप २४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार नेपालमा थपिएका ९० जनामध्ये २४ जना कपिलवस्तुको भएको प्रमाणित भएको हो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणको रिजल्ट आएसँगै कपिलवस्तुको यशोधरा गाउँपालिकाका वडा १, २ र ८ मा थप २४ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार २ वर्षकी एक बालिकालाई पनि कोरोना संक्रमण भएको छ ।
अन्य संक्रमितहरु १९ वर्षदेखि ५५ वर्षका पुरुषहरु हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।