नेपालमा कोरोनाभाइरस महामारी भित्रिएसँगै स्थानीय तहका जनप्रतिनिधिहरु यसको व्यवस्थापनमा खटिएका छन् । यहीबीच क्वारेन्टाइन व्यवस्थापनमा खटिएका एक वडाध्यक्षको निधन भएको छ ।
कन्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष कल्लु रानाको मंगलबार राति निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएअनुसार उनी आफ्नै वडाको एक स्कुलको क्वारेन्टाइन व्यवस्थापनमा खटिएका थिए । तर, मंगलबार राति उनी अचानक बेहोस भएर ढले । उनी ढलेलगत्तै उनलाई सेती प्रादेशिक अस्पताल लैजाने क्रममा बाटोमा नै उनको मृत्यु भयो ।
५८ वर्षका रानालाई कोरोनाभाइरस भए नभएको विषयमा परीक्षण गर्ने तयारी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।