न्युजिल्यान्डमा अब एक जना पनि कोरोनाभाइरस संक्रमित छैनन्
न्युजिल्यान्डकी प्रधानमन्त्री अर्डेर्न ।

न्युजिल्यान्डले पछिल्लो समय कोरोना महामारीमा सबैको प्रशंसा पायो । उसले आफ्नो देशमा भेटिएका कोरोनाभाइरस संक्रमितलाई छिटो ठिक बनाएको र महामारी देशमा फैलिन नदिएको भन्दै विश्वकै प्रशंसा पाएको हो । 

अब त्यही न्युजिल्यान्डमा एक जना पनि एक्टिभ कोरोना संक्रमित छैनन् ।

न्युजिल्यान्डमा एक कोरोनाभाइरस संक्रमित निको भएर हिजोमात्र अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै अब त्यहाँ कोही पनि संक्रमित नभएका हुन् । 

न्युजिल्यान्डले लगातार पाँचौ दिन एक जना पनि संक्रमित नभेटिएको पनि जनाएको छ ।

न्युजिल्यान्डमा १ हजार ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अब त्यहाँ ४ लाखभन्दा बढीले सरकारले ल्याएको ट्र्याकिङ एप डाउनलोड गरेका छन् ।

न्युजिल्यान्डका अधिकारीहरुले अब देशमा सीमा खुलेपछि बाहिरबाट कोरोना संक्रमित आउन सक्छन् भन्नेमा चिन्ता व्यक्त गर्न थालेका छन् ।





  • प्रकाशित मिति : जेठ १४, २०७७ बुधबार ८:२३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया