सेती अन्चल अस्पतालको आइसोलेसनमा एक जनाको मृत्यु, कोरोनाभाइरस परीक्षण हुन बाँकी

कैलालीमा रहेको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा एक जनाको मृत्यु भएको छ । उनी गौरीगंगा नगरपालिकाका ५० वर्षका पुरुष भएको अस्पतालले जनाएको छ । 

उनी भारतको महाराष्ट्रबाट नेपाल आएका थिए । मंगलबार नेपाल आइपुगेका उनी त्यही दिन अस्पताल भर्ना भएका थिए ।

तर, हिजो साँझ भर्ना भएका उनको विहान निधन भएको हो । 

उनको आरडिटी टेस्ट नेगेटिभ आएको थियो । तर, कोरोना भाइरसबारे निश्चिन्त हुन उनको पिसिआर परीक्षण गर्नका लागि स्वाब लिइएको छ ।





  • प्रकाशित मिति : जेठ १४, २०७७ बुधबार ९:३०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया