काठमाडौं– सामाजिक सञ्जाल ट्विटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटको तथ्य जाँच (फ्याक्ट चेक) गर्न मिल्ने सुविधा दिएको छ ।
विवादास्पद ट्वीट गर्न थालेपछि ट्विटरले ट्रम्पका दुईवटा ट्विटमा आश्चर्यवाचक चिह्न राखिदिएर त्यसको तथ्य जाँच्न ट्विटर प्रयोगकर्तालाई भनेको छ । फ्याक्ट चेकको सामना गर्नु परेपछि ट्रम्पले भने ट्वीटरले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित बनाएको आरोप लगाएका छन् ।
राष्ट्रपति चुनावको विषयमा ट्रम्पले हालै ट्विट गरेका थिए– हुलाकमार्फत मतदानमा धाँधली हुने सम्भावना हुन्छ । हुलाक पेटिका चोरी हुन सक्छ, फर्जी मतदान हुन सक्छ र अवैध तरिकाले प्रिन्ट गरे पनि पठाउन सकिन्छ ।’
सो ट्विटमा ट्विटरले ‘हुलाकबाट हुने मतदानबारे तथ्य जान्नुहोस्’ भन्दै निलो रंगमा लेखिदिएको छ । त्यसमा क्लिक गरेर ट्विटर प्रयोगकर्ताले फ्याक्ट चेक गर्न सक्छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।