कोरोनाको नयाँ केन्द्र ल्याटिन अमेरिकाको हाल के छ ?

दक्षिण अमेरिका कोरोनाभाइरस महामारीको नयाँ केन्द्र मानिएको छ । त्यहाँको ब्राजिलमा मात्र होइन, कोरोनाभाइरस संक्रमण अन्य देशमा पनि निकै द्रुत गतिमा फैलिइरहेको छ ।

योसँगै अमेरिकाले ब्राजिलबाट आउनेहरुका लागि प्रतिबन्ध नै लगाएको छ। कतिसम्म भने अमेरिकाले विगतका १४ दिनमा ब्राजिलको सीमा हुँदै आएका मानिसहरुलाई आफूले रेखदेख नगर्ने समेत बताएको छ ।

ब्राजिल विश्वमा कोरोनाबाट प्रभावित देशमा दोस्रो नम्बरमा पुगेको छ । त्यहाँ अहिलेसम्म अमेरिकापछि संक्रमित मानिसको संख्या सबैभन्दा बढी भएको छ ।

ब्राजिलमा अहिलेसम्म ३ लाख ९० हजार मानिस कोरोनाभाइरसबाट संक्रमित भएका छन् । विगत २४ घन्टामा ब्राजिलमा एक हजारभन्दा बढीको निधन भएको बताइएको छ ।

ल्याटिन अमेरिकी देशमा इक्वेडल ब्राजिलभन्दा पनि बढी प्रभावित भएको छ । इक्वेडरमा त प्रत्येक दस लाख मानिसमा कोभिड १९ का कारण १ सय ८२ जनाको निधन भएको छ । 

ब्राजिलमा ११६, पेरुमा ११५, चिलीमा ४२, बोलिभियामा २२ तथा कोलम्बियामा यो संख्या १५ रहेको छ ।





  • प्रकाशित मिति : जेठ १४, २०७७ बुधबार ११:५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया