बारामा थपिए एक स्वास्थ्यकर्मीसहित ८ कोरोनाभाइरस संक्रतिम

बारामा ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबार पुष्टि भएका आठ जना संक्रमितमध्ये एक जना स्वास्थ्यकर्मी रहेका छन् । 

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले दिएको जानकारीअनुसार स्वास्थ्यकर्मीबाहेक अन्य बाराका संक्रमित भारतबाट आएका हुन् । 

नेपालमा अब कोरोनाभाइरस संक्रमितको संख्या ८ सय ५० पुगेको छ ।

बाग्लुङमा ६, रौतहटमा ३५, झापामा १७ र हेटौंडामा एक जनामा यसअघि नै संक्रमण पुष्टि भइसकेको छ । योसँगै बुधबार मात्र अहिलेसम्म ६७ जना संक्रमित थपिएका हुन् । 

बुधबार थपिएका सबै संक्रमित भारतबाट नेपाल आएका हुन् ।





  • प्रकाशित मिति : जेठ १४, २०७७ बुधबार १४:४४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया