रौतहटमा मात्र थपिए ३५ कोरोनाभाइरस संक्रमित

बुधबार रौतहटमा मात्र ३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

काठमाडौंमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र हेटौंडा प्रयोगशालामा भएका परीक्षणमा यो पुष्टि भएको हो ।

रौतहटको गौर, इशनाथ, देवाही गोनाही, कटहरीया र गढीमाई नगरपालिकाका व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।

रौतहटको इशनाथका १६, गौरका ८, गढीमाई नगरपालिकाका ७, देवाही गोनाही नगरपालिका र कटहरीया नगरपालिकाका २र२ जनामा संक्रमण पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिएका छन् । 

उनीहरु सबै भारतबाट आएका हुन् ।

त्यस्तै, प्रदेश २ कै बारामा एक क्वारेन्टाइनमा रहेका ८ जनामा पनि कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ ।





  • प्रकाशित मिति : जेठ १४, २०७७ बुधबार १४:४४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया