भारतको राजधानी दिल्लीमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या निकै बढिरहेको छ । मंगलबार मात्र दिल्लीमा एकै दिन ५ सय जना कोरोना संक्रमित भेटिएका थिए ।
तर, बुधबार दिल्लीमा ७ सय ९२ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् । यो नै अहिलेसम्म दिल्लीमा सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका हुन् ।
अब दिल्लीमा १५ हजार २ सय ७५ जना कोरोना संक्रमित पुगेका छन् । यीमध्ये ७ हजार ६ सय ९० जना अहिले पनि अस्पतालमा रहेका छन् ।
अहिलेसम्म दिल्लीमा ३ सय ३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।