बलिउडका चर्चित कलाकार किरण कुमारको कोभिड १९ को रिपोर्ट नेगेटिभ आएको छ । केही दिनअघि मात्र उनमा कोरोनाभाइरस संक्रमण भएको देखिएको थियो ।
उनले आफूलाई नै १४ मेदेखि घरमा नै क्वारेन्टाइनमा राखेका थिए । अहिले रिपोर्ट नेगेटिभ आए पनि उनको परिवार केही समय आइसोलेसनमा बस्ने बुझिएको छ ।
उनी दुई साताअघि नियमित चेकजाँचका लागि अस्पताल पुग्दा उनलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।