‘विश्वका ठूला नेता ट्रम्पले खाइरहेको औषधी खाइरहेका छन्’

एल सल्भाडोरका राष्ट्रपतिले कोरोनाभाइरसबाट बच्न विश्वका ठूला सबै नेताहरुले अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाइरहेको औषधी खाइरहेको बताएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि मात्र आफूले कोरोनाभाइरसबाट बच्न हाइड्रोक्सिक्लोरोक्विन खाइरहेको बताएका थिए ।

उनले एक पत्रकार सम्मेलनमा नै यसबारे बोलेका थिए । तर, अहिलेसम्म विश्वका कुनै पनि रिसर्चरहरुले यस्तो औषधीले कोरोना ठिक हुने कुनै प्रमाण वा तथ्य फेला पारेका छैनन् ।

हाइड्रोक्सिक्लोरोक्विन विशेषतः मलेरियाविरुद्धको औषधीका रुपमा प्रयोग गर्ने गरिन्छ ।

पछिल्लो समय विश्व स्वास्थ्य संगठनले हाइड्रोक्सिक्लोरोक्विनको प्रयोगमाथि नै रोकथाम लगाएको छ । फ्रान्सले पनि आफ्नो देशमा हाइड्रोक्सिक्लोरोक्विनमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । 

केही वैज्ञानिकहरुले त यो औषधीले कोरोना संक्रमित बिरामीको अवस्था झन् नाजुक बनाएको बताएका छन् ।

वैज्ञानिकहरुले यस्तो बताएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले पनि आफूले औषधी नखाएको बताएका छन् । 



तर, आज एल सल्भाडोरका ३८ वर्षीय राष्ट्रपति नायिब बुकेलेले सबै देशका ठूला नेताले यो औषधी खाइरहेको दाबी गरेका हुन् । 

उनले आफूले पनि यो औषधी सेवन गरिरहेको बताएका छन् ।



  • प्रकाशित मिति : जेठ १४, २०७७ बुधबार १९:१९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया