बलिउड अभिनेता साहरुख खान फेरि एक पटक चर्चामा आएका छन् । उनी अहिले चर्चामा आउनुको कारण हो, उनले सामाजिक सन्जालमा सेयर गरेको एउटा पोस्ट ।
शनिबार सामाजिक सन्जालमा साहरुखले यो लकडाउनमा उनले सिकेका पाँच कुराबारे लेखेका छन् ।
के हुन् त उनले सिकेका पाँच कुरा ?
१. हामी कतिपय इच्छा पूरा गर्न पर्छ भनेर बाँचिरहेका छौँ जुन हाम्रो जीवनका लागि खासमा चाहिने कुरा नै होइन ।
२. हामीलाई हाम्रो वरपर अरु कोही मानिस चाहिँदैन (भावानात्मक रुपमा) जोसँग हामी लकडाउनमा कुरा गरिरहेका छैनौँ ।
३. हामीले केही पलका लागि भए पनि घडी रोक्न सक्छौँ र आफ्नो जीवनबारे फेरि कल्पना गर्न सक्छौँ । किनकि अब झुठा कागज (पैसा) पाउन हाम्रा सारा हडबडी टाढा भइसकेका छन् ।
४. हामी उनीहरुसँग पनि हाँस्न सक्छौँ जोसँग हामीले कुनै समय निकै ठूलो लडाइँ गरेका थियौँ ।
५. र, यो सबभन्दा महत्पूर्ण त प्रमेको आफ्नै अर्थ छ । यसले केही फरक पर्दैन कि कसले तपाईंलाई के भनेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।