विश्व स्वास्थ्य संगठनले पछिल्लो समय कोरोनाभाइरस झन् तीव्र गतिमा फैलिइरहेको बताएको छ । संगठनले अहिले तत्काल विश्वले यो कोरोनाभाइरस महामारीबाट मुक्ति नपाउने पनि बताएको छ ।
संगठनका अनुसार पछिल्लो २४ घन्टामा १ लाख ६ हजार मानिस कोरोनाभाइरसबाट संक्रमित हुनु एकै दिनको सबैभन्दा बढी संक्रमित भएको पनि जनाएको छ । यसले गर्दा दैनिक रुपमा कोरोनाभाइरस बढ्दै गएको निष्कर्ष विश्व स्वास्थ्य संगठनले निकालेको हो ।
संगठनका निर्देशक टेड्रोसले अहिले धनी देशहरु विस्तारै लकडाउनबाट बाहिर निस्किन खोजिरहेको तर संक्रमण गरिब राष्ट्रहरुमा अझ बढी फैलिइरहेको बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।