के अब सकिएको हो कपिल र सुनीलको झगडा ? देखिँदै छन् सँगै कार्यक्रममा ?

भारतको टिभीमा सधैं चर्चामा रहेको एउटा जोडी हो, कपिल शर्मा र सुनील ग्रोभरको । तर, यी दुईबीच केही समयअगाडि ठूलो झगडा भयो । दुवैले कार्यक्रम सँगै गर्न पनि छोडे । 

कपिलले बारम्बार सुनीललाई कार्यक्रममा ल्याउने प्रयास पनि गरे । तर, अहिलेसम्म यो सफल भएको थिएन । 

तर, फेरि एकपटक यी दुई एउटै कार्यक्रममा देखिँदै छन् । उनीहरुले अब सँगै काम गर्न थाल्ने भारतीय मिडियामा उल्लेख गरिएको छ ।

कोरोना महामारी र लकडाउन सकिए लगत्तै यी दुई फेरि एउटै कार्यक्रममा देखिने बताइएको छ । सुनीलले एउटा भिडियो सेयर गरेपछि यो अनुमान बढेको हो । तर, अहिलेसम्म यी दुईले यसबारे केही बताएका छैनन् ।





  • प्रकाशित मिति : जेठ १४, २०७७ बुधबार १९:५३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया