काेराेनाभाइरसका कारण ललितपुरमा एक जनाकाे मृत्यु

बुधबार साँझ किष्ट अस्पतालमा एक कोरोनाभाइरस संक्रमितको निधन भएको छ । योसँगै नेपालमा पाँच जनाको कोरोनाभाइरस संक्रमणबाट निधन भएको छ । 

ललितपुर महानगरपालिका २ का ५७ वर्षका पुरुषको निधनपछि आएको कोरोनाभाइरस परीक्षणको रिजल्ट पोजेटिभ रहेको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्वर गेलालका अनुसार यी बिरामीलाई ११ गते पाटन अस्पताल लगिएको थियो । त्यहाँबाट उनलाई किस्ट अस्पतालमा सारिएको थियो ।

त्यही रात किस्टमा पुर्याएपछि उनलाई भोलिपल्ट भेन्टिलेटरमा राखिएको थियो ।

आज दिउँसो उनको निधन भएको हो । कोरोनाको रिपोर्ट चाहिँ साँझ आएको हो । कोरोनाभाइरस संक्रमणबाट मृतक यी व्यक्तिको शव अहिले शवगृहमा राखिएको छ । 

उनको कोरोनाभाइरस रिपोर्ट पोजेटिभ आए पनि स्वास्थ्य मन्त्रालयले यसबारे औपचारिक पुष्टि गर्न बाँकी छ ।



यसअघि नेपालमा सिन्धुपाल्चाेककी २९ वर्षकी युवती, बाँकेका २५ वर्षका युवा र गुल्मीका ४६ वर्षका पुरुषकाे निधन भइसकेकाे छ ।



  • प्रकाशित मिति : जेठ १४, २०७७ बुधबार २१:३७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया