प्रतिनिधिसभाको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले १४ जेठमा बसेको प्रतिनिधि सभा बैठकमा नयाँ नक्सा अनुसार निशान छाप बनाउन ल्याइएको विधेयकको प्रस्ताव नै संसद्मा नराखिएकोमा गम्भीर आपत्ती जनाएको छ ।
बुधबार साँझ एक विज्ञप्ति निकाल्दै कांग्रेसले यसबारे खबर नै नदिइ आरोपित गर्न खोजेकोमा आफूहरुले गम्भीरतापूर्ण लिएको बताएको हो ।
विज्ञप्तिमा कांग्रेसले भनेको छ– संविधान संशोधन जस्तो विषयमा सरकार, प्रतिपक्ष र संसदमा रहेका दलहरु एक ठाउँमा उभिएर अगाडि बढ्न सकिने स्थिति निर्माण गर्न तर्फ लाग्नुभन्दा सम्भावित कार्यसूचीबाट प्रस्ताव हटाउने अनि प्रमुख प्रतिपक्ष दललाई त्यस बारेमा आरोपित गर्न खोज्ने कार्यलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ ।
कांग्रेसले यस्तो प्रवृत्तिको निन्दा मात्र गरेको छैन, राष्ट्रिय एकताको भावना साथ काम गर्न सरकारलाई अपिल पनि गरेको छ ।
यसअघि सत्तारुढ दलका केही नेताहरुले यो विधेयक बुधबार संसदमा प्रस्तुत नहुनुमा कांग्रेस दोषी रहेको बताउँदै आएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।