सडक दुर्घटनामा भारतीय अभिनेत्रीको निधन

भारतीय टिभी अभिनेत्री मेबिना माइकलको सडक दुर्घटनामा निधन भएको छ । २२ वर्षकी मेबिना माइकल आफ्नो घर जाँदै गर्दा सडक दुर्घटनामा परेकी थिइन् । 

उनी भारतको कन्नडकी निकै लोकप्रिय अभिनेत्री हुन् । कन्नड टिभी दुनियाँमा उनको निकै राम्रो पहिचान स्थापित भइसकेको थियो । 

उनी आफ्ना साथीहरुसँग घर मेदीकेरी जाने क्रममा एक ट्रकसँग ठोक्किएको र दुर्घटनामा परेको भारतीय मिडियाले जनाएका छन् । यो घटनाबारे प्रहरीले छानबिन सुरु गरेको छ ।





  • प्रकाशित मिति : जेठ १५, २०७७ बिहीबार ९:३३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया