काठमाडौं– गायक शिव परियारले ‘मेरो देश’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । उनले युट्युब च्यानलमार्फत सो गीत सार्वजनिक गरेका हुन् ।
माधव न्यौपाने र दीपक सापकोटाको शब्द रचना रहेको गीतमा शिव परियारसँगै विद्या तिवारीले स्वर दिएका छन् । संगीत अराज केशवले गरेका छन् ।
गीतमा देशभक्तिका साथै नेपाली वीरता, मौलिक पहिचान र विशेषता दर्साइएको छ । लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नेपालले नयाँ नक्सा जारी गरेको सन्दर्भ पारेर गीत सार्वजनिक भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।