सरकारले आगामि वर्ष पनि देशभर रहेका ५२ हजार महिला स्वास्थ्य स्वयं सेविकाको परिवारलाई उपलब्ध गराउँदै आएको निःशुल्क स्वास्थ्य बीमालाई निरन्तरता दिँदै यातायात खर्च दोब्बर गर्ने भएको छ ।
बिहीबार संसदमा आगामि आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यो बताएका हुन् ।
डा. खतिवडाले बजेट भाषणमा भने, ‘स्थानीय तह, गैरसरकारी संस्था तथा सामुदायिक क्षेत्रको सहकार्यमा महिला स्वास्थ्य स्वयंसेविकाको समेत परिचालन गरि सरसफाई, स्वास्थ्य सचेतना र स्वास्थ्य बीमाको अभियान चलाउने व्यवस्था मिलाएको छु’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।