प्रचण्डले भने– जनतालाई राहत दिने बजेट आयाे
फाइल तस्वीर ।

सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना महामारीको विषम परिस्थितिमा सन्तुलित र जनतालाई राहत दिने ढंगले बजेट आएको बताएका छन् ।

बजेट सिर्जनात्मक, प्रगतिशील, जनपक्षीय र समाजवादउन्मुख ढंगले आएको उनले बताए । बजेट सबै जनता र खासगरी निम्न वर्गका जनतालाई राहत दिने गरी आएको उनको भनाइ छ । आन्तरिक र बाह्य ऋण सहयोग र राजस्वको अनुमान वस्तुवादी भएकाले बजेटको स्रोतहरू त्यसैबाट जुट्ने उनको विश्वास छ । 

‘समग्रमा बजेट कोरोना महामारीको विषय परिस्थितिमा पनि निक्कै सन्तुलित, जनतालाई राहत दिने किसिमले सिर्जनात्मक ढंगले, प्रगतिशील, जनपक्षीय र समाजवादउन्मुख गरी आएको छ, उनले भने ।

उनले थपेका छन्, 'यस अर्थमा म खुसी छु । यो बजेटले जनताका सबै समुदाय, अझ त्यसमा पनि मुख्यत: निम्न वर्गका जनतालाई राहत दिने जुन प्रयास गरेको छ, त्यो सराहनीय छ । अहिलेको परिस्थिति जटिल छँदै छ, तैपनि आन्तरिक र बाह्य ऋण सहयोग र राजश्वको जुन अनुमान गरिएको छ, त्यो वस्तुवादी नै छ ।'





  • प्रकाशित मिति : जेठ १५, २०७७ बिहीबार २२:२२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया