बजेटबारे पूर्वप्रधानमन्त्री भट्टराईकाे प्रतिक्रिया– कनिका छरेजस्ताे
फाइल तस्वीर ।

पूर्वअर्थमन्त्रीसमेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बजेट पुरानै निरन्तरता भएको बताएका छन्। बजेट पछि प्रतिक्रिया दिँदै उनले अहिलेको अवस्थामा केही फरक आउन पर्ने भए पनि त्यसो नभएको बताए। शिद्धान्तत बजेट ठिकै भए पनि व्यवहारमा त्यस्तो नदेखिएको बताए।

स्वास्थ्य, रोजगारीमा, कृषि र शिक्षामा प्राथमिकता दिने कुरा ठिकै भए पनि बजेट कति छुट्याइएको छ भन्दै प्रश्न गरे।

न्यून बजेटलाई विशेष क्षेत्रमा फोकस गरेर ल्याउनु पर्ने भए पनि त्यस्तो नपाइएको बताए ।

'कृषिमा गरिएको लगानीले कति रोजगारी सिर्जना गर्ला? कोरोनामा विनियोजन गरेको रकमले समाधान देला?' उनले प्रश्न गरे। बजेट कनिका छरेजस्तै भएको उनले बताए ।

नचाहिने कुरामा पनि बजेट छरिएको उनले बताए । उनले बजेट क्यान्सरको उपचार झारफुक जस्तो भएको प्रतिक्रिया दिए ।  





  • प्रकाशित मिति : जेठ १५, २०७७ बिहीबार २२:२६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया