आमाकाे हत्या गरेर आत्महत्या !

कसैले सोच्न नसक्ने घटना बिहीबार मोरङको बेलबारीमा भएकाे छ । आफ्नै छोराले आमाको हत्यापछि आत्महत्या गरेको घटना सायदै कल्पान गर्न सकिन्छ । 

तर, बेलबारी नगरपालिका–४ बुधबारेमा ३१ वर्षीय काले भन्ने जीवन लिम्बूले ६१ वर्षीया आमा देवीकुमारी लिम्बूको हत्या गरेका छन् । उनले आमालाई इँटा प्रहार गरेर घरभित्रै हत्या गरेपछि आफूले तरकारी काट्ने चक्कुले घाँटी रेटेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

‘जीवनले आमाकाे टाउकोमा इँटाले प्रहार गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ,’ इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले भने, ‘घरभित्रै लडिरहेको र भूइँमा रगत लतपतिएको अवस्थामा बिहान ११ बजेतिर देवीमायाको शव भेट्यौं ।’

आमा छाेरामात्रै बस्ने घरमा याे घटना किन भयाे भन्नेबारे खुलेकाे छैन ।

 





  • प्रकाशित मिति : जेठ १५, २०७७ बिहीबार २२:३८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया