भूकम्पष्छिको पुननिर्माणमा ५५ अर्ब विनियोजन

सरकारले आगामी आर्थिक वर्षमा भूकम्पपछिको पुनर्निर्माणमा बाँकी रहेका संरचनाको निर्माणको लागि ५५ अर्ब बजेट विनियोजन गरेको छ । अर्थमन्त्री खतिवडाले विहीबार संघीय संसदको दुवै सदनमा आगामी आवको बजेट प्रस्तुत गर्दै निर्माणाधीन धरहरा, रानी पोखरी र सिंहदरबारको मूल भवन लगायत भूकम्प पछिको पुनर्निर्माणको काम आगामी आर्थिक वर्ष भित्र सम्पन्न गरिने बताए । 

सरकारले आगामी आवमा निजी आवास, पुरातात्विक सम्पदा, विद्यालय भवन, स्वास्थ्य संस्था र सरकारी भवन तथा क्षतिग्रस्त अन्य संरचनाको पुनर्निर्माणको लागि ५५ अर्ब विनियोजन गरेको छ ।

विद्यालय भवन पुनर्निर्माणको बाँकी कार्य सम्पन्न गर्न सम्बन्धित स्थानीय तहसँगको साझेदारीमा स्थानीय आवश्यकता अनुसार डिजाइन गरी विद्यालय व्यवस्थापन समितिबाट निर्माण गरिने उल्लेख छ ।





  • प्रकाशित मिति : जेठ १६, २०७७ शुक्रबार ०:११:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया