बेलायती फुटबल लिग प्रिमियर लिग अब १७ जुनबाट सुरु हुने भएको छ । १७ जुनमा आस्टन भिल्ला र सेफिल्ड युनाइटेड तथा म्यान्चेस्टर सिटी र आर्सनलबीचको खेल खेलाउने योजना रहेको छ । तर, यसका लागि प्रिमियर लिगले एक पटक सरकारको स्वीकृति लिनु पर्ने हुन्छ ।
त्यसपछि १९–२१ जुनमा अरु खेलहरु हुने बताइएको छ ।
अहिले प्रिमियर लिगका ९२ वटा खेलहरु खेल्न बाँकी छन् । यसअघि कोरोना महामारी फैलिएपछि प्रिमियर लिगका खेलहरु स्थगित गरिएका थिए ।
तर, अब हुने खेलहरु पनि खाली रंगशालामा हुने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।