बेलायतमा कोरोनाभाइरस (कोभिड–१९) का कारण अहिलेसम्म ६५ नेपालीले ज्यान गुमाएका छन् ।
लन्डनस्थित नेपाली दूतावासका अनुसार हालसम्म काेराेनाबाट ज्यान गुमाउने नेपालीमा ५४ जना पुरुष छन् । ५४ जना नै भूतपूर्व गोर्खा रहेकाे पनि दूतावासले जनाएकाे छ ।
दूतावासले गोर्खा वेल्फेयर ट्रस्ट, पूर्वगोर्खाका संघसंस्था, विभिन्न काउन्सिल लगायतसँगको समन्वयमा उक्त तथ्यांक संकलन गरेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।