दक्षिण कोरियामा कोरोनाभाइरस संक्रमितहरु फेरि भेटिन थालेपछि सरकारले स्कुलहरु बन्द गर्ने निर्णय गरेको छ ।
त्यहाँ केही दिनअघि मात्र स्कुलहरु खुलेका थिए । तर, स्कुलका बच्चाहरुमा पनि कोरोना संक्रमण देखिएपछि फेरि स्कुलहरु बन्द गरिएका छन् ।
पछिल्लो २४ घन्टामा दक्षिण कोरियामा ५६ जना संक्रमित भेटिएका छन् । यसअघि हिजोमात्र त्यहाँ ७९ नयाँ संक्रमित भेटिएका थिए । यो दुई महिना यता भेटिएका सबैभन्दा धेरै संक्रमितको संख्या हो ।
यीमध्ये अधिकांश संक्रमित पश्चिम कोरियामा बुचन भन्ने सहरमा पाइएका छन् । यो घनाबस्ती भएको सहर भएकाले अधिकारीहरु अब यहाँ कोरोना संक्रमित भेटिएपछि चिन्तित छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।