गण्डकी प्रदेशमा थप दुई जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा थप दुई जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै अब गण्डकी प्रदेशमा कोरोनाभाइरस संक्रमितको संख्या १९ पुगेको छ ।

शुक्रबार विहान नवलपरासीको देवचुली नगरपालिकाका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

देवचुली ११ र १५ का दुई जनामा कोरोनाभाइरस संक्रमण देखिएको प्रदेशको स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ । यी दुवै जना भारतबाट आएका थिए ।

यसअघि देवचुलीमा अन्य दुईमा पनि कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेको छ ।





  • प्रकाशित मिति : जेठ १६, २०७७ शुक्रबार १०:२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया