कोरोनाभाइरसः भारतमा थपिए एकै दिन सात हजारभन्दा धेरै संक्रमित, मृतकको संख्या चीनको भन्दा धेरै

भारतमा पछिल्लो २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिएका छन् । भारतमा पछिल्लो २४ घन्टामा ७ हजार ४ सय ६६ जना नयाँ संक्रमित भेटिएका हुन् । 

भारतको स्वास्थ्य मन्त्रालयले भनेको छ– पहिलो पटक एकै दिनमा यति ठूलो संख्यामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

भारतमा अब कोभिड १९ का कारण मृत्यु हुनेको संख्या पनि बढेर ४ हजार ७ सय ६ पुगेको छ ।

नयाँ तथ्यांकअनुसार अब भारतमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या चीनको भन्दा बढी भएको हो । चीनमा अहिलेसम्म कोभिड १९ का कारण ४ हजार ६ सय ३८ जनाले ज्यान गुमाएका छन् ।

भारतमा अहिलेसम्म कोभिड १९ का १ लाख ६५ हजार ७ सय ९९ जना कोरोानभाइरस संक्रमित भेटिएका छन् । यीमध्ये ७१ हजार निको भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

भारतमा सबैभन्दा बढी प्रभावित महाराष्ट्र भएको छ जहाँ ५९ हजार ५ सय ४६ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।





  • प्रकाशित मिति : जेठ १६, २०७७ शुक्रबार १०:५९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया