८४ डिएसपीको सरूवा, ६० को पदस्थापन

काठमाडौं– प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डिएसपी)हरूको एकैपटक ठूलो संख्यामा सरूवा तथा पदस्थापन गरेको छ ।

प्रधान कार्यालयले गत सोमबारदेखि नै लागू हुनेगरी ६० जना डिएसपीहरूको पदस्थापन र ८४ जनाको सरूवा गरेको हो ।

कार्यालयले यसअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतमा रहेका डिएसपी पृथ्वीनारायण ओलीको पदस्थापन सुदुरपश्चिम प्रदेश दंगा नियन्त्रण प्रहरी गण महेन्द्रनगर, कञ्चनपुरमा गरेको छ । 

त्यसैगरी यसअघि इलाका प्रहरी कार्यालय स्याङ्जामा रहेका डिएसपी केदारराज पन्तको जिल्ला प्रहरी कार्यालय, गुल्मीमा पदस्थापन भएको छ । 

डिएसपी प्रमेश विष्टको पदस्थापन महानगरीय प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक स्वा केन्द्र, काठमाडौंमा भएको छ । उनी प्रहरी प्रधान कार्यालय साइबर ब्युरोमा थिए ।

पदस्थापन गरिएका अन्य डिएसपीमा चितवनमा डिएसपी सुर्य बहादुर थापा, मकवानुरमा ईन्द्र बहादुर राना, कैलालीमा प्रतिक विष्ट, झापामा राकेश थापा, बाँकेमा सुवास खड्का, कास्कीमा सुवास हमाल र कञ्चनपुरमा अमरबहादुर क्षेत्री छन् । 



त्यसैगरी सरूवा भएका ८४ जना डिएसपी मध्ये उमेश लम्सालको सरूवा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो इन्टिलिजेन्स महाशाखामा भएको छ । उनी महानगरीय प्रहरी वृत्त महाराजगन्जमा थिए । 

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी दक्ष बस्नेतको सरूवा भएको छ ।



डिएसपी छेदीलाल कमातीको सरूवा संघीय प्रहरी एकाइ कार्यालय जनकपुरमा भएको छ । उनी महानगरीय प्रहरी वृत्त कीर्तिपुरमा थिए ।

यसअघि प्रहरी प्रधान कार्यालय प्रशासन शाखा नक्सालमा रहेका ऋषिराम कंडेलको सरूवा महानगरीय प्रहरी वृत्त ठिमीमा भएको छ ।

  • प्रकाशित मिति : जेठ १६, २०७७ शुक्रबार ११:२८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया