भारतमा लकडाउनका कारण निकै ठूलो तनावमा रहेका छन्, दैनिक ज्यालादारीमा काम गर्ने मजदूर । उनीहरुसँग न आफूले काम गर्ने सहरमा काम छ, न घर जानका लागि पैसा नै ।
यही समयमा भारतीय अभिनेता सोनु सुदले उनीहरुका लागि घर पठाउने काम गरिरहेका छन् ।
उनले मुम्बईबाट कयौँ हजार मजदूरहरुलाई उनीहरुको घर पठाएका छन् ।
यसका लागि उनले बसको व्यवस्था मात्र होइन, मजदूरहरुलाई घर पठाउने अनि उनीहरुलाई खानाको पनि व्यवस्था गर्ने गरेका छन् ।
उनले यसका लागि आफूले २ लाख भारतीय रुपैयाँ एउटा बसका लागि खर्च गरिरहेको बताएका छन् । उनले मजदूरहरु कहाँ जानका लागि आउँछन्, त्यसमा खर्च निर्धारण हुने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।