चट्याङका कारण राेल्पामा २ जनाकाे मृत्यु

शुक्रबार बिहान रोल्पा त्रिबेणी ७ नन्दीखोला गाउँमा सबिन बुढाको घरमा चट्याङ पर्दा दुई जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

सबिन बुढाकी २४ वर्षिया श्रीमती आशा बुढा र ७५ वर्षिया फुपु खिरमा बुढा बाठा बेहोस अवस्थामा भेटिएपछि उनिहरुलाई उपचारका रोल्पा अस्पताल ल्याइएको थियो । गम्भीर अवस्थामा ल्याइएका उनिहरुलाई अस्पतालले मृत्यु भएको बताएको थियो ।  

गैरिगाउँको तिलामा रहेको सशस्त्र प्रहरीको टोली र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर उद्वार गरेको थियो । नजिकमा एम्बुलेन्स नभएपछि त्रिवेणी गाउँपालिकाको गाडीले उनिहरुलाई अस्पताल पुर्‍याएको थियो ।  





  • प्रकाशित मिति : जेठ १६, २०७७ शुक्रबार १८:४८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया