बलिउड अभिनेता अर्जुन कपुर कोभिड १९ महामारीका लागि पैसा जुटाउन अन्तर्राष्ट्रिय स्टारहरुसँग मिलेर एक अभियानमा सहभागी हुने भएका छन् ।
विश्वका चर्चित कलाकारहरु जेसन डेरुलो, दुआ लीपा, मलुमा निकी जैम, बेकी जीलगायतका कलाकारहरुले आज साँझ पैसा जुटाउनका लागि एक लाइभ कार्यक्रम गर्न लागेका हुन् ।
यसबाट उठेको पैसा उनीहरुले कोभिड १९ महामारीविरुद्ध लडिरहेका व्यक्तिहरुलाई प्रदान गर्ने भएका छन् ।
‘एक जागरुक नागरिक भएको नाताले मैले आवश्यक पर्नेहरुलाई पैसा जुटाउनु पर्छ,’ कपुरले भने, ‘त्यसैले म यो अभियानमा जोडिएको हुँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।