कोरोनाभाइरस विश्वबाट कहिल्यै नहराउन पनि सक्छः डब्लूएचओ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वभर कोरोनाभाइरस कहिल्यै नहराउन पनि सक्ने वा यो अन्त्य नै नहुने चेतावनी दिएको छ । कोभिड १९ बारे विश्व डब्लूएचओले गर्दै आएको मिडिया ब्रिफिङमा यस्तो चेतावनी दिइएको थियाे ।

संगठनका आपतकालीन मुद्दाहरुका निर्देशक माइकल रयानले जेनेभामा एक भर्चुअल प्रेस कन्फ्रेन्समा भने, ‘कोरोना हामीबीच क्षेत्र विशेषको एक अन्य भाइरस बन्न सक्छ र यो पनि सम्भव छ कि यो कहिल्यै सकिँदैन ।’

उनले यसका लागि एचआइभीको उदाहरण दिए । यो भाइरस कहिल्यै नसकिएको भन्दै कोरोना पनि यस्तै हुनसक्ने उनको चेतावनी थियो ।

माइकल रयानका अनुसार भ्याक्सिनविना आम मानिसमा यसलाई लिएर इम्युनिटी हासिल गर्न वर्षौ लाग्न पनि सक्नेछ ।

पछिल्लो समय विश्वभर कोभिड १९ को भ्याक्सिन तयार गर्न निकै धेरै कामहरु भएका छन् । तर, अहिलेसम्म वैज्ञानिकहरुलाई यसमा सफलता मिलेको छैन । अहिले विश्वभर कम्तिमा पनि कोरोनाविरुद्धका १०० वटा भ्याक्सिनमा काम भइरहेका छन् । तर, विश्व के चिन्तामा छ भने यो भ्याक्सिन कहिल्यै नबन्न पनि सक्छ ।

अर्कोतिर कोरोना महामारी कायम नै रहँदा पनि विश्वभरका देशहरुले यसअघि संक्रमण रोक्न गरेको लकडाउनलाई निकै खुकुलो बनाइसकेका छन् । यसले झन् संक्रमणको रफ्तार बढ्न सक्ने डब्लूएचओले यसअघि नै बताइसकेको छ ।



डब्लूएचओले भनेको छ, ‘अहिले पनि सबै देश उच्चतम स्तरमा अलर्ट रहनु आवश्यक छ ।’



  • प्रकाशित मिति : जेठ १६, २०७७ शुक्रबार २३:४२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया