कोरोनाभाइरसबाट अरु महिलाभन्दा गर्भवती महिला बढी सुरक्षित !

अन्य महिलाभन्दा गर्भवती महिलालाई कोरोनाभाइरसबाट हुने जोखिम कम भएको नयाँ अध्ययनले देखाएको छ । बेलायतमा ४ सय २७ गर्भवती महिलालाई लिएर गरिएको एक अध्ययनले यस्तो नतिजा निकालेको हो । 

अध्ययनका अनुसार अरु महिलाभन्दा गर्भवती महिला कोरोनाभाइरसका कारण गम्भीर बिरामी हुने सम्भावना कम हुन्छ । 

तर, गर्भवती भए पनि वृद्धा तथा तौल बढी भएका महिलामा चाहिँ कोरोनाभाइरसका कारण फोक्सोमा बढी समस्या हुने देखिएको छ ।

यो अध्ययनमा समावेश गरिएका महिलाहरु ६ महिनाभन्दा बढी गर्भवती भएका महिलाहरु थिए । उनीहरुमध्ये अधिकांशले सुरक्षित रुपमा बच्चालाई जन्म दिए । जम्मा १० जना अस्पतालमा भर्ना गरिएका थिए ।

अनि यी महिलाबाट जन्मिएका बच्चाहरुमा पनि कोरोनाभाइरस संक्रमण देखिएन । तर, पाँचमध्ये एक जना बच्चालाई चाहिँ अस्पतालको इन्टेन्सिभ केयरमा राख्नु पर्यो ।

अनि कोरोना संक्रमित महिलाबाट बच्चामा कोरोना संक्रमण हुनसक्ने सम्भावना पनि अत्यन्त कम देखिएको छ । अध्ययनमा समावेश भएका २० जना बच्चाहरुमा चाहिँ कोरोना देखिएको थियो ।





  • प्रकाशित मिति : जेठ १६, २०७७ शुक्रबार २३:४२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया