रेष्टुरेन्ट र बार खुलेपछि बियर फ्रि

केही समययता कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन लगाएपछि रेष्टुरेन्ट जानेहरुलाई अब धेरै मिस भएको हुनसक्छ, त्यहाँको खाना । 

कतिले त बियर र अन्य मदिराजन्य पदार्थको पनि अभाव महसुस गरिरहेका हुनसक्छन् । 

युरोपमा चाहिँ अब विस्तारै रेष्टुरेन्ट खुल्न थालेका छन् । त्यस्तै, चेक रिपब्लिकमा पनि रेष्टुरेन्टहरु खुल्न थालेका छन् । 

अनि यही खुसीमा त्यहाँको एक मदिरा उत्पादक कम्पनीले चाहिँ यसलाई खुसीको साथ मनाउने विचार गरेको छ । 

यो कम्पनीले अब रेष्टुरेन्टमा उनीहरुको एक बियर अर्डर गर्नेलाई अर्को एक बोतल बियर फ्रि दिने योजना ल्याएको छ ।





  • प्रकाशित मिति : जेठ १७, २०७७ शनिबार ०:३८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया