शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ललितपुरमा एक २३ वर्षकी महिलामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।
उनी सुत्केरी महिला भएको खुलेको छ । उनले ११ जेठमा इमाडोलमा रहेको किस्ट अस्पतालमा बच्चालाई जन्माएकी थिइन् ।
उनको नर्मल डेलिभरी नभएकाले अपरेसन गरेर बच्चा जन्माइएको थियो । त्यसैले उनीसँग प्रत्यक्ष सम्पर्कमा आएका सबै स्वास्थ्यकर्मी अब क्वारेन्टाइनमा गएका छन् ।
१२ जेठमा नै उनको स्वाब लिइएको थियो । तर, उनको परीक्षण रिपोर्ट शनिबार मात्र आयो । उनलाई र उनको नवजात शिशूलाई केही दिनअघि मात्र अस्पतालले डिस्चार्ज गरेको थियो । दुवैको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।