पाकिस्तानमा ६७ हजारभन्दा धेरै कोरोनाभाइरस संक्रमित

पाकिस्तानमा अब कोरोनाभाइरस संक्रमितको संख्या ६७ हजार ६ सय ५१ पुगेको छ । पाकिस्तानमा कोरोनाका कारण अहिलेसम्म १ हजार ४ सय ३३ जनाको निधन भइसकेको छ ।

पाकिस्तानको पन्जाब प्रान्तमा मात्र पछिल्लो २४ घन्टामा ११४० जना संक्रमित भेटिएका छन् । योसँगै पन्जाबमा अब २४ हजार १ सय ४ जना संक्रमित भएका छन् ।

पन्जाबमा अहिलेसम्म ४ सय २९ जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन् । त्यहाँ अहिलेसम्म २ लाख २८ हजारको कोरोना परीक्षण गरिएको छ ।

पाकिस्तानमा पन्जाबपछि सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित छ । त्यहाँ २७ हजार ३ सय ७ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।





  • प्रकाशित मिति : जेठ १७, २०७७ शनिबार १८:७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया