जर्मन चान्सलर एन्जेला मर्केल जुनको अन्त्यमा हुने जी ७ का देशहरुको शिखर सम्मेलनमा भाग लिन अमेरिका नजाने भएकी छिन् ।
कोरोना महामारीका कारण पहिले यो सम्मेलन अनलाइन गर्ने भनिएको थियो । तर, केही दिनअघि मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्मेलन पहिलेजस्तै अमेरिकामा नै गर्ने बताएका थिए ।
तर, अहिले कोरोना महामारीको सम्भावना कम नभएकाले मर्केल अमेरिका नजाने भएकी हुन् । उता, फ्रान्सका राष्ट्रपति पनि यो सम्मेलनमा जाने वा नजाने अहिलेसम्म टुङ्गो लागिसकेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।