संविधान संशोधनको पक्षमा मतदान गर्ने कांग्रेस केन्द्रीय समितिको निर्णय

प्रमुख प्रतिपक्ष दल कांग्रेसले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

 कांग्रेस केन्द्रीय समितिको यो निर्णयसँगै सर्वसम्मति नभए पनि संविधान संशोधन विधेयक अब संसदको दुईतिहाई मतबाट पारित हुने करिब निश्चित भएको छ । 

केन्द्रीय समितिको बैठकले परिवर्तित नक्सालाई संविधानको अंग बनाउने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिएको गगन थापाले बताए ।

कांग्रेसले संशोधन प्रस्ताव सर्वसम्मतिले पारित गर्नका लागि पहल गर्न सरकारलाई आग्रह पनि गरेको छ । यस्तै, नेपाल र भारतबीचको सीमा विवाद समाधानका लागि कूटनीतिक संवाद जारी राख्नु पर्ने पनि कांग्रेसको निर्णय छ । यसका लागि पार्टीले पनि पहल गर्ने निर्णय गरिएको छ ।





  • प्रकाशित मिति : जेठ १७, २०७७ शनिबार २३:२०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया