क्वारेन्टाइनबाट भागेर आत्महत्या

गुल्मीमा एक व्यक्तिले क्वारेन्टाइनबाट भागेर आत्महत्या गरेका छन् । गुल्मीको छत्रकोट गाउँपालिका ४ का ५६ वर्षीया चन्द्रबहादुर परियारले झुन्डिएर आत्महत्या गरेका हुन् । 

उनी शनिबार भारतको नयाँ दिल्लीबाट गुल्मी आइपुगेका थिए ।

शनिबार क्वारेन्टाइनमा स्वास्थ्य चेकजाँच भइरहेको समयमा उनले भागेर आत्महत्या गरेका हुन् । उनको शव क्वारेन्टाइनभन्दा केही पर एक रुखमा झुन्डिएको अवस्थामा फेला परेको थियो । 

छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले चन्द्रबहादुरले दिल्लीमै पनि आत्महत्याको प्रयास गरेको बताएका छन् ।

उनले आत्महत्या गर्नुको कारण खुलेको छैन ।





  • प्रकाशित मिति : जेठ १८, २०७७ आइतबार १०:१०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया