भारतीय नागरिक जबरजस्ती नेपाल छिर्न खोजेपछि हवाइ फायर

भारतीय नागरिककको एक समूह जबरजस्ती नेपाल छिर्न खोजेपछि सर्लाहीको सीमामा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीले हवाइ फायर गरेको छ ।

प्रहरीका अनुसार सर्लाहीको विष्णु गाउँपालिकाको सीमामा ४० जना भारतीय नागरिकको समूह जबरजस्ती नेपाल छिर्न खोजेको थियो । उनीहरुले हल्ला गर्दै सीमामा सुरक्षामा खटिएका सशस्त्रको हतियार खेज्नसमेत प्रयास गरेको थियो ।

सर्लाही प्रहरीले जनाएअनुसार भारतीय तस्करहरुले नेपालतर्फ सामान लिएर आउन थालेका थिए । उनीहरुलाई प्रहरीले रोकेपछि थप मानिसहरु लिएर उनीहरु आएको बताइएको छ ।

हवाइ फायर गरेपछि भने भारतीय समूह तितरवितर भएको थियो । 





  • प्रकाशित मिति : जेठ १८, २०७७ आइतबार ११:१२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया