बाजुरामा कोरोनाबाट मृत २ वर्षीया बालिकाकी आमालाई पनि कोरोना संक्रमण

बाजुरामा दुई वर्षीया बालिकाको क्वारेन्टाइनमा मृत्यु हुनुको कारण कोभिड १९ भएको पुष्टि भएको छ । उनी केही दिनअघि भारतबाट आमाबाबुसँग आएकी थिइन् । 

उनको मृत्युको कारण कोभिड १९ भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । 

भारतबाट फर्किँदा नै ज्वरो आएकी र भारतमा मलेरियाको उपचार भइरहेकी यी बालिकाको राति अस्पतालमा लैजाने क्रममा मृत्यु भएको थियो । 

अब उनकी आमामा पनि कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । उनको बाबुको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ ।





  • प्रकाशित मिति : जेठ १८, २०७७ आइतबार २१:५६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया