नर्भिक अस्पतालमा उपचाररत एक महिलामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनी हेटौंडाकी भएको अस्पतालले जनाएको छ ।
६१ वर्षकी महिलामा कोरोनाभाइरस संक्रमण देखिएको हो ।
उनलाई बिहीबार राति उपचारका लागि नर्भिकमा भर्ना गरिएको थियो । काठमाडौं बाहिरबाट आएकाले उनको पिसिआर परीक्षण आएको र रिपोर्ट पोजेटिभ आएको अस्पतालका एक अधिकारीले फरकधारलाई जानकारी दिएका छन् ।
नर्भिकले उनको उपचारका लागि पाटन अस्पताल पठाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।