वसन्त चौधरीको प्रश्नः हिजो राजारानीले लगाउन नसकेका ब्रान्ड आजका नेताले लगाउँछन् कसरी ?

आज जेठ १९ । आजभन्दा १९ वर्षअघि आजकै रात तत्कालीन नारायणहिटी राजदरबारमा भएको हत्याकान्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्यासहित तत्कालीन राजकुमारहरुको निधन भयो । 

त्यसैले, आज त्यो दिनको दुखद सम्झनामा मानिसहरुले फेसबुर र ट्विटरमा राजारानीका तस्वीर सेयर गरिरहेका छन् । 

कतिपयले त राजारानीसँगका आफ्ना स्मरण पनि सेयर गरेका छन् । यसरी सेयर गर्नेमध्ये एक हुन्, वसन्त चौधरी । चौधरी ग्रुपका वसन्तले आफूले लामो समय दरबारनिकट रहेर काम गरेको उल्लेख गर्दै सामाजिक सन्जाल ट्विटरमा एउटा प्रश्न पनि गरेका छन् । 

उनले लेखेका छन्–

मैले २०३४ सालदेखि राजदरबारको निकट रही सामाजिक सेवा गर्दैआएको हुँ। मैले कहिल्यै मौसूफहरूले विश्व विख्यात ब्राण्ड- Cartier को चस्मा, Louis Vuitton को जुत्ता, पर्स, Armani को लुगा, Patek Philippe को घडी पहिरेको देखिन, जुन आजका नेता/नेत्री सजिलै प्रयोग गर्छन् ! The question is HOW ??





  • प्रकाशित मिति : जेठ १९, २०७७ साेमबार १७:१७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया