नेपालमा काेराेानभाइरस: एक दिनमा भेटिए सबैभन्दा धेरै २८८ संक्रमित, दुई हजार नाघे संक्रमित

मंगलबार नेपालमा थप २ सय ८८ जनामा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या २ हजार नाघेको छ ।  मंगलबार २ सय ८८ जनामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार धुलिखेल अस्पतालमा भएको परीक्षणमा ३८, पोखरामा भएको परीक्षणमा १० र धरानमा भएको परीक्षणमा १ जनाको पोजेटिभ देखिएको छ । यस्तै भेरी अस्पतालमा भएको परीक्षणमा २० जना, सुर्खेतमा गरिएको परीक्षणमा ६४ जनाको पोजेटिभ देखिएको छ । दैलेखमा ३७ जनाको पोजेटिभ आएको छ । यस्तै हेटौडामा १ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा १७ र सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा अस्पतालमा १८ जनाको पोजेटिभ देखिएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रगोगशालामा गरिएको परीक्षणमा टेकुमा १ सय १८ जनाको पोजेटिभ देखिएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

आजसम्म पीसीआर विधिबाट ७५ अजार ३ सय ४३ र आरडिटी विधिबाट १ लाख १६ हजार ३ सय ४५ वटा परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ४ सय ४० र आरडिटी विधिबाट २ हजार ५ सय ८८ वटा परीक्षण भएको छ ।

प्रदेश नम्बर १ मा १२ हजार ४ सय ५१, प्रदेश नम्बर २ मा ७ हजार ५, बागमती प्रदेशमा २५ हजार ७ सय ३६ र गण्डकी प्रदेशमा ९ हजार ६१ वटा आरडिटी परीक्षण भएको छ । यस्तै प्रदेश नम्बर ५ मा  २५ हजार ४ सय ९४, कर्णाली प्रदेशमा १४ हजार ५३ रसुदूरपश्चिम प्रदेशमा २२ हजार ५ सय ४५ जनाको आरडिटी परीक्षण गरिएको उहाँले बताउनुभयो ।

यस्तै अहिले देशका विभिन्न क्वारेन्टाइनमा १ लाख ४५ हजार ३ सय ७५ जना रहेका छन् । जसमा प्रदेश नम्बर १ मा ३ हजार ६ सय ३५, प्रदेश नम्बर २ मा २२ हजार ५ सय ३६, बागमती प्रदेशमा ३ हजार ८ र गण्डकी प्रदेशमा ४ हजार ३ सय १५ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा  ४० हजार ६ सय १७, कर्णाली प्रदेशमा २६ ४ सय हजार ४७ र सुदूरपश्चिम प्रदेशमा ४४ हजार ८ सय १७ जना क्वारेन्टाइनमा रहेका छन् । उनीहरुमध्ये धेरै जसो भारतबाट आएका नागरिकहरु रहेका छन् ।

प्रदेश नम्बर १ मा १ सय २०, प्रदेश नम्बर २ मा ७ सय ११, बागमती प्रदेशमा २२, गण्डकी प्रदेशमा ३४, प्रदेश नम्बर ५ मा  ६ सय २२, कर्णाली प्रदेशमा २ सय ५१ र सुदूरपश्चिम प्रदेशमा ६५ जना गरी १ हजार ८ सय २५ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् । अहिलेसम्म २ सय ६६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।





  • प्रकाशित मिति : जेठ २०, २०७७ मंगलबार १८:१०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया