ग्यास लिक भएर आगलागी हुँदा घाइते भएका दुई जनाकाे निधन

काभ्रेमा १६ जेठमा खाना पकाउने ग्यास लिक भई आगलागी हुँदा घाइते भएकामध्ये दुईजनाको मृत्यु भएको छ ।  आगलागीमा परी बनेपा नगरपालिका– ७ तरकारी बजारका पाँचजना घाइते भएका थिए ।

उपचारको क्रममा घाइतेमध्ये दुईजनाको मंगलबार मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए । २६ वर्षीय रुकेश शाह ठकुरी र १६ वर्षीय आयुष ठकुरीको मृत्यु भएको हो ।

रुकेश ठकुरीको तीनतले घरमा ग्यासको पाइप लिक भएर आगलागी भएको थियो । घाइतेहरूको बनेपास्थित शिर मेमोरियल अस्पतालमा सामान्य उपचारपछि कीर्तिपुरस्थित बर्न सेन्टरमा उपचार भएको थियो । अन्य घाइते सोफिया ठकुरी, रचना ठकुरी र मनीष शाह ठकुरीको अवस्था मध्यम रहेको उनले जनाए । 





  • प्रकाशित मिति : जेठ २०, २०७७ मंगलबार २२:४६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया